ad ad

राजनीति


बालकुमारी घटनाबारे गृहमन्त्रीले राज्य व्यवस्था समितिमा जवाफ दिने

बालकुमारी घटनाबारे गृहमन्त्रीले राज्य व्यवस्था समितिमा जवाफ दिने

फाइल तस्बिर


नेपालखबर
पुस १५, २०८० आइतबार ८:५५, काठमाडौँ

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनाको विषयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गर्ने भएको छ।

शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीले गोली लागेर दुई युवाको मृत्यु भएपछि सरकारको आलोचना भइरहेको छ। समितिको सोमबार बिहान साढे ९ बजे सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री श्रेष्ठलाई छलफलका बोलाइएको श्रेष्ठका प्रेस संयोजक कमल गिरीले जानकारी दिए।

छलफलका लागि गृहमन्त्रीसहित तीनवटै सुरक्षा निकायका प्रमुखलाई पनि बोलाइएको समितिले जनाएको छ। यो समितिको सभापति कांग्रेस नेता रामहरी खतिवडा छन्। 

पानीजहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएका युवाले उत्पादनमूलक कामको भाषा परीक्षामा पनि सहभागी हुन पाउनुपर्ने माग गर्दै गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो। 

घटनापछि सरकारले ईपीएस कोरिया शाखाका प्रमुख गुरुदत्त सुवेदीलाई निलम्बन गरेको छ भने ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालय तानेको छ। त्यसैगरी सरकारले प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई पनि हेड्क्वाटर तानेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .