आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँटबारे सत्ता गठबन्धनको बैठक सकिएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।
सत्तारुढ चार दलका नेताहरूबीचको बैठक बिहीबार बिहान बस्ने गरी सकिएलगत्तै ओली बालकोटबाट बालुवाटार पुगेका हुन्।
ओली बालुवाटार पुग्नुअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का नेता सिट बाँटफाँटमा जुटेका थिए।
बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासहितलाई राखेर ओलीसँग संवाद गर्दैछन्।
यसअघि आइतबार, सोमबार र मंगलबार कांग्रेस र माओवादी केन्द्रबीच सिट बाँडफाटबारे कुराकानी भएको थियो। जहाँ एमालेलाई पनि समेटेर लैजानेबारे कुरा भएको माओवादीका एकजना पदाधिकारीले बताएका छन्।
राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई भागबन्डा दिनेबारे गठबन्धन दलहरूमा कुरा भइरहेका बेला ओली पनि बालुवाटार पुगेर संवादमा जुटेका हुन्।
Shares
प्रतिक्रिया