आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँडबारे छलफल गर्न आज (बिहीबार) पनि सत्ता गठबन्धनको बैठक बस्दै छ।
बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने नेताहरूले बताएका छन्।
यस विषयमा सत्ता गठबन्धनका दल केही दिनदेखि निरन्तर छलफलमा छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आग्रहअनुसार उसलाई पनि चुनावी सिट दिन सत्ता गठबन्धन सकारात्मक देखिएको छ।
एकजना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने १ जनासमेत गरी २० सिट आउँदो फागुन २० बाट खाली हुँदै छन्।
24
Shares
प्रतिक्रिया