ad ad

राजनीति


कांग्रेस नेता कोइरालाको कटाक्षः विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ

कांग्रेस नेता कोइरालाको कटाक्षः विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ

नेपालखबर
पुस १९, २०८० बिहिबार ९:११, काठमाडौँ

सत्ता गठबन्धनभित्र राष्ट्रिय सभा निर्वाचनमा प्रतिपक्ष एमालेलाई पनि समेट्ने विषयमा छलफल भइरहँदा सत्तामै रहेको दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भने कटाक्ष गरेका छन्।

नेता कोइरालाले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत खासगरी नेकपा माओवादी केन्द्र तथा प्रधानमन्त्रीसमेत रहेका यसका अध्यक्ष प्रचण्डविरुद्ध व्यंग्य गरेका हुन्। 

नेता कोइरालाले संक्रमणकालीन न्याय (टीआरसी) विधेयक पास गराउन र ‘विभिन्न काण्डबाट बच्न’ एमालेलाई पनि राष्ट्रिय सभामा भाग दिन खोजिएको टिप्पणी गरेका छन्।  

‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्‍यो भनेर रोइलो गर्नेहरू नै आज राष्ट्रियसभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन्’, नेता कोइरालाले ट्विट गरेका छन्, ‘कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टीआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ। अनि एमाले?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .