ad ad

राजनीति


भारतीय विदेशमन्त्रीले भेटे राष्ट्रपति पौडेललाई

राष्ट्रपतिले उठाए मुख्य यी तीन विषय
भारतीय विदेशमन्त्रीले भेटे राष्ट्रपति पौडेललाई

नेपालखबर
पुस १९, २०८० बिहिबार १२:५, काठमाडौँ

बिहीबार बिहान दुई दिने नेपाल भ्रमणमा आइपुगेका भारतीय विदेशमन्त्री एस. जयशंकले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

बिहीबार बिहान विशेष विमानमार्फत त्रिभुवन विमानस्थलमा अतवरण गरेका उनले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। 

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर बिहीबार बिहान काठमाडौँ उत्रिए राजनीतिक भेटघाटमा व्यस्त भएका हुन्। 

भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल-भारत कनेक्टीभिटी, जलवायु परिवर्तनका असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्।

प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेन्डा भएकाले यसमा मिलेर गम्भीरतापूर्वक काम  गर्न जरुरी रहेकोमा बताएका थिए। 

उनले कृषि, उर्जा शक्ति, पर्यटनको विकास र मानव संसाधन विकास नेपालका प्राथमिकतामा भएको र यसमा सहकार्यका लागि आग्रह गरे।

त्यस अवसरमा भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालका सम्भावनाप्रति भारत जानकार रहेको बताउँदै सबै क्षेत्रहरूमा भारतको निरन्तर सहयोग रहने उल्लेख गरे।

राष्ट्रपतिलाई भेटेपछि शीतल निवासबाट निस्किएका जयशंकर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सिंहदरबार पुगिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .