ad ad

राजनीति


राष्ट्रपतिसँग वार्तापछि प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे जयशंकर

राष्ट्रपतिसँग वार्तापछि प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे जयशंकर

तस्बिर : सरोज बैजु


नेपालखबर
पुस १९, २०८० बिहिबार १२:११, काठमाडौँ

दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस. जयशंकर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संवादका लागि सिंहरदरबार पुगेका छन्। 

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेपछि जयशंकर प्रधानमन्त्रीसँगको संवादका लागि सिंहदरबार छिरेका हुन्।

बिहीबार बिहान विशेष विमानमार्फत त्रिभुवन विमानस्थलमा अतवरण गरेका उनले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए।

त्यहाँ कनेक्टिभिटी, ऊर्जा विकास र आपसी सहयोगसहितका विषयमा संवाद गरेपछि जयंशकर सिंहदबार पुगेका हुन्। 

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर बिहीबार बिहान काठमाडौँ उत्रिएका हुन्। 

उनले बिहीबार नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिनेछन्। जहाँ नेपालतर्फबाट परराष्ट्रमन्त्री एनपी साउदले सहभागिता जनाउँदै छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .