ad ad

राजनीति


भारतसँगका सम्झौताबारे एमालेको टिप्पणी : राष्ट्रिय मुद्दामा सरकारले सल्लाह गरेन

भारतले सिधै २० करोड खर्च गर्दा नेपालको बजेटरी प्रणाली बिग्रिने चिन्ता
भारतसँगका सम्झौताबारे एमालेको टिप्पणी : राष्ट्रिय मुद्दामा सरकारले सल्लाह गरेन

तस्बिर : नेपालखबर


नेपालखबर
पुस २०, २०८० शुक्रबार १७:४२, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेले भारतीय विदेशमन्त्री एस. जयशंकरको दुई दिने भ्रमणका क्रममा भएका सम्झौता र सहमतिबारे सरकारले परामर्श नगरेको गुनासो गरेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि बोल्दै महासचिव शंकर पोखरेलले राष्ट्रिय मुद्दाको सवालमा सरकार एक्लै अघि बढ्न खोज्नु बेठिक रहेको बताए। 

‘भारतीय विदेशमन्त्री (एस. जयशंकर) आउँदा नेपाल-भारत संयुक्त आयोगको बैठकबारे सत्ता पक्षले प्रतिपक्षसँग परामर्श गरेन’, उनले भने, ‘राष्ट्रिय मुद्दाबारे सत्तापक्षले प्रतिपक्षलाई विश्वासमा लिने काम नगरेर गल्ती गरेको छ।’

उनले यसक्रमा भएका भनिएका विभिन्न सहमतिबारे पनि प्रश्न उठाएका छन्। ‘के के विषयमा सहमति सम्झौता भएका छन्? तिनलाई स्पष्ट पारियोस्’, उनले भने, ‘प्रतिपक्षीसँग छलफल नगरी चालिने यस्ता कदमले समस्या ल्याउन सक्छ।’

महासचिव पोखरेलले संयुक्त आयोगको बैठकबाट भारतले नेपालका परियोजनामा सिधै २० करोड खर्न गर्ने गरी गरेको सहमतिबारे पनि प्रश्न उठाए।

उनले कुनै पनि देशको आर्थिक सहयोग नेपालको बजेटरी प्रणाली प्रभावित पार्ने खालको हुन नहुने बताए। 

‘नेपालको बजेटरी प्रणालीलाई प्रभावित गर्ने गरी कुनै काम हुन हुँदैन’, उनले भने, ‘वैदेशिक सहायता नेपालको बजेटरी प्रणालीमा हुनुपर्छ। नेपालको बजेटरी प्रणालीलाई प्रभावित गर्ने गरी कुनै निर्णय नहोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .