ad ad

राजनीति


कार्यसम्पादन समितिको बैठक सारेर देउवा, शेखर र गगन छलफलमा

कार्यसम्पादन समितिको बैठक सारेर देउवा, शेखर र गगन छलफलमा

फाइल तस्बिर


नेपालखबर
पुस २२, २०८० आइतबार १४:३३, काठमाडौँ

सत्ता साझेदार नेपाली कांग्रेसले बोलाएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ। 

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपरान्ह ४ बजेसम्मलाई सरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेपालखबरलाई जानकारी दिए। 

‘दिउँसो ४ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर राष्ट्रिय सभा सदस्यको नामावली तय गर्नेछौँ,’ उनले भने।

यसअघि बसेको सत्ता गठबन्धनको बैठकमा राष्ट्रिय सभामा कांग्रेसले १० सिट लिनेगरी सहमति जुटेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन्।

उक्त सहमतिपछि सभापति शेरबहादुर देउवा, महामन्त्री गगन कुमार थापा र नेता शेखर कोइराला छलफलमा जुटेका छन्। 

उनीहरूबीच क–कसलाई उम्मेदवार बनाउने भन्ने सहमति जुटाउने प्रयास भइरहेको स्रोतले नेपालखबरलाई जानकारी दियो।

सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले १ सिट लिनेगरी सहमति जुटेको उनले बताएका छन्। 

यद्यपि यो संख्यामा आफूहरूको सहमति नभएको एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालखबरलाई बताए। 

राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटका लागि दलहरूले उम्मेदवार तय गर्ने क्रम जारी छ। भोलि (सोमबार) उम्मेदवारी दर्ताको कार्यतालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .