ad ad

राजनीति


राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको टोलीले भेट्यो राष्ट्रपतिलाई

राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको टोलीले भेट्यो राष्ट्रपतिलाई

नेपालखबर
पुस २७, २०८० शुक्रबार १२:१६, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ ) का महानिर्देशक डा क्यू डोङ्ग्यूको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले भेट गरेको छ। 

राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार बिहान भएको भेटवार्तामा राष्ट्रपति पौडेलले कृषिलाई सम्मानित र आकर्षक पेशा बनाउन सके नेपाल आत्मनिर्भर हुन सक्ने बताउँदै यसमा नेपालले विश्व खाद्य संगठनबाट सहयोगको अपेक्षा गरेको बताए।

जलवायु परिवर्तनको प्रभाव कृषि क्षेत्रमा पनि परेको उल्लेख गर्दै उनले पानीको स्रोत संरक्षण गर्न र जलवायु परिवर्तनले कृषि उत्पादनमा पारेको प्रभाव न्यूनीकरण गर्नेतर्फ अब विश्व समुदायको ध्यान जानुपर्नेमा जोड दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

उनले एफएओलाई नेपालको विशिष्ट जलवायु संवेदनशीलतालाई बुझन र त्यसका लागि वित्तीय, प्राविधिक र क्षमता विकाससँग सम्बन्धित संशाधनहरूमा वृद्धि गर्न आग्रह गरे।

त्यस अवसरमा नेपालको कृषि क्षेत्रको क्षमता अभिवृद्धका लागि प्राविधिक सहयोग गर्न कृषि तथा खाद्य संगठन सदैव तयार रहेको महानिर्देशक डोङ्ग्यूले  बताएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .