ad ad

राजनीति


भालुबाङ दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, उद्दार र उपचार प्रभावकारी बनाउन निर्देशन

भालुबाङ दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, उद्दार र उपचार प्रभावकारी बनाउन निर्देशन

फाइल तस्बिर


नेपालखबर
पुस २८, २०८० शनिबार ९:३८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गएराति दाङमा १२ जनाको मृत्यु हुनेगरी भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

प्रधामन्त्री प्रचण्डले सामाजिक सञ्जाल मार्फत् घटनाप्रति दुःख व्यक्त गरेका छन्। 

‘दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा १२ जना यात्रुको मृत्यु भएको दुर्घटनाप्रति दुख व्यक्त गर्दछु,’ प्रधामन्त्री प्रचण्डले भनेका छन्, ‘दुर्घटनामा मृत्यु हुनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै उद्दार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल सरकारका सम्बन्धित निकायहरूलाई निर्देशित गर्दछु।’

बाँकेको नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बस गएराति दाङको भालुबाङनिर राप्ती नदीमा खस्दा १२ जनको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए। मृतक दुई जनाको अझै सनाखत हुन सकेको छैन। 

दुर्घटनामा घाइते भएकामध्ये आठ जनाको बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। उनका अनुसार पाँचवटा एम्बुलेन्समा घाइतेलाई शिक्षण अस्पताल ल्याइएको थियो।

इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक उज्वलबहादुर सिंहका अनुसार नमस्ते यातायातको भे१ख ३९१२ नम्बरको बस गए राति १०स्३० बजे राप्ती नदीमा खसेको हो। प्रहरीले बसका चालक सल्यान घर भएका २८ वर्षीय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .