ad ad

राजनीति


माओवादी केन्द्रको विधान अधिवेशन फागुन पहिलो साता

माओवादी केन्द्रको विधान अधिवेशन फागुन पहिलो साता

शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठक


नेपालखबर
पुस २८, २०८० शनिबार १७:२, काठमाडौँ

नेकपा माओवादी केन्द्रको विधान अधिवेशन आगामी फागुनमा हुने भएको छ। शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले आगामी फागुनमा विधान अधिवेशन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। 

उनका अनुसार फागुन १,२ र ३ गते पार्टीको विधान अधिवेशन गर्ने निर्णय भएको छ। 

शनिबारको बैठकमा पार्टीका प्रदेश इन्चार्जहरूले रिपोर्टिङ गरेका थिए। प्रदेश इन्चार्जहरूको रिपोर्ट सुनेपछि अध्यक्ष प्रचण्डले त्यसको संश्लेषण समेत सुनाएको प्रवक्ता सापकोटाले बताए। 

बैठकले विधान सम्मेलनको प्रतिनिधि छनोटको आधारसमेत तय गरेको उपाध्यक्ष सापकोटाले जानकारी दिए।

बैठकमा विभिन्न पार्टीसँग एकताका विषयमा पनि छलफल भएको थियो। बैठकले पार्टी एकताका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा एकता संयोजन समिति बनाएको छ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष दाहालले मुलुकको समग्र परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गरेको प्रवक्ता सापकोटाले जानकारी दिए।

स्थायी समितिमा दशवटै प्रदेश इन्चार्जले हालै सम्पन्न अभियानका बारेमा संक्षिप्त प्रस्तुत दिएका थिए। माओवादीले पार्टी रुपान्तरणका लागि गत भदौदेखि चारमहिने अभियान सञ्चालन गरेको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .