ad ad

राजनीति


प्रधानमन्त्रीको दुखेसो : पूर्वलाई किराँत प्रदेश बनाउन असफल भएँ

प्रधानमन्त्रीको दुखेसो : पूर्वलाई किराँत प्रदेश बनाउन असफल भएँ

नेपालखबर
माघ १, २०८० सोमबार १९:५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले आफू सोचेजस्तो सफल हुन नसकेको स्वीकार गरेका छन्।

नेपाल मगर संघले सोमवार माघी पर्वको अवसर पारेर काठमाडौंको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफू सोचेजस्तो सफल हुन अझै नसकेको बताएका हुन्।

प्रधानमन्त्री दाहालले पूर्वी नेपाललाई किराँत प्रदेश बनाउने आफ्नो लक्ष्य पनि निर्वाचनमा पार्टीको हैसियत कमजोर हुँदा पूरा हुन नसकेको बताए।

उनले भने, ‘म जति सफल हुनुपर्ने हो, अझै भएको छैन। यो कुरा साँचो हो। मैले पूर्वलाई किराँत प्रदेश बनाउनु पर्छ भनेर अन्तिमसम्म प्रयास गरेकै हो। मैले निर्वाचनको क्रममा पनि किराँत भनेको एउटा जातिको मात्रै कुरा होइन। एउटा इतिहास, सभ्यता र संस्कृतिको कुरा हो भनेकै थिए। तर दुर्भाग्य हामो पार्टी निर्णय गर्नै हैसियतमा चुनावबाट आउन सकेन।’

प्रधानमन्त्री दाहालले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको कामलाई सरकारले राष्ट्रिय कार्यभारको रुपमा अघि बढाएको पनि दोहोर्याए।

उनले नेपालका प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति बनाउने मागप्रति आफू सहमत रहेको उल्लेख गर्दै त्यसमा पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .