राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज जारी मतदानमा हेटौंडास्थित भुटनदेवी मावि मतदान केन्द्रमा मतदान जारी रहेको छ।
हालसम्म प्रदेश सभातर्फ महिला ३६ र पुरूष र ६१ गरी ९७ जनाले मतदान गरेका छन्।
प्रदेश सभातर्फ ११० मतदाता रहेका छन्।
स्थानीय तहतर्फ महिला ७२ र पुरूष १५२ गरी २२४ जनाले मतदान गरेका छन्।
अब प्रदेश सभातर्फ ११ मतदाताले मतदान गर्न बाँकी रहेको छ भने स्थानीय तहका प्रमुख-उपप्रमुख गरी ८ जनाले मतदान गर्न बाँकी रहेको निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए।
स्थानीय तहतर्फ २३७ मतदाता रहेका छन्।
४ पदका लागि १५ जना उम्मेदवार मैदानमा छन् । मतदान बिहान ९ बजेदेखि ३ बजेसम्म हुनेछ। ।
45
Shares
प्रतिक्रिया