प्रधानमन्त्री पुष्पकमल दाहालले सहिदहरूको अवमूल्यन हुने काम गरेको आरोप नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले लगाएका छन्।
मंगलबारबाट सुरु भएको सामुदायमा कांग्रेस अभियानको विराटनगरमा सुरुवात गर्दै नेता कोइरालाले सहिदको अवमूल्यन हुने काम प्रधानमन्त्रीबाट भएको बताएका हुन्।
प्रजातन्त्रका लागि बलिदानी दिएका सहिदको अवमूल्यन प्रधानमन्त्री दाहालले गरेको बताएका नेता कोइरालाले भने, ‘प्रधानमन्त्रीजीले ३ हजार थप सहिद थप्ने कुरा गर्नुभयो। सहिद दिवसका दिन हामीले सहिदहरूलाई अवमूल्यन गर्न भएन। त्यो कुरामा ध्यान दिन आवश्यक छ।’
नेता कोइरालाले भने, ‘सहिद दिवसका दिन हामील सहिदको अवमूल्यन गर्नु भएन। त्यसमा ध्यान दिनु आवश्यक छ। सहिदको वास्तविक परिभाषालाई अंगिकार गरि अघि बढ्दा सहिदहरूप्रति सच्चा श्रद्धाञ्जली हुन्छ। सहिदको संख्या थप्दै गर्दा सहिदकै अपमान हुने बुझेको छु।’
प्रधानमन्त्रीले माघ १३ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा करिब ३ हजारलाई छिट्टै सहिद घोषणा गर्ने अभिब्यक्ति दिएका थिए।
त्यसैगरि, कार्यक्रममा नेता कोइरालाले कांग्रेस समुदायमा पुगेर जनभावना बुझ्न अघि बढेको उल्लेख गरे। उनले समुदायस्तरमा देखिएका कमजोरीलाई आत्मसात गर्दै सच्चिएर कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिए।
उनले विराटनगरमा शुद्ध खानेपानीलाई प्रभावकारीरुपमा जनतामाझ पुराउन महानगरले काम गर्दै आएको बताए।
जापानको सहयोगी संस्था जाईकाले महानगरभित्र विच्छाइएको खानेपानीको पुरानो पाईप विस्थापित गर्दै नयाँ पाइप लगाउने काम अघि बढेको उल्लेख गरे।
त्यसैगरि, सुकुम्बासी र सिंघिया खोलाको तटबन्धको समस्याबारे उठेको जिज्ञासा नेता कोइरालाले सिंघिया खोलामा अस्थायी तटबन्ध बन्ने बताए।
उनले भने, ‘प्रदेश सरकारले यस क्षेत्रमा कोरिडोर निर्माण गर्नेछ। यसका लागि ठूलो बजेट लाग्ने र समय लाग्ने हुदाँ अब केही समय धैर्य गरिदिन आग्रह छ।’
Shares
प्रतिक्रिया