राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दै छ।
बैठक बिहान ११ बजे सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने छ।
रास्वपाको संसदीय दलका सचेतक निशा डाँगीका अनुसार आगामी अधिवेशनमा पार्टीले उठाउने मुद्दा, अधिवेशनको पूर्ण तयारी र दलको नेताले सदस्यलाई तयारीबारे गरेका प्रश्नउपर छलफल गर्ने बैठकको मुख्य ‘एजेन्डा’ छ।
उनले भनिन्, ‘आगामी अधिवेशनका लागि ४० विधेयकमध्ये आआफ्ना समितिमा जाने विधेयक कुन-कुन हुन् र त्यसको तयारी के छ भन्ने विषयमा छलफल हुनेछ। यस्तै यस अधिवेशनमा हामीले उठाउन चाहेका मुद्दाका बारेमा समेत छलफल हुनेछ।’
42
Shares
प्रतिक्रिया