ad ad

राजनीति


रास्वपाले भन्यो : पीडितलाई न्याय दिनेगरी टीआरसी छिटो टुंग्याऊँ

रास्वपाले भन्यो : पीडितलाई न्याय दिनेगरी टीआरसी छिटो टुंग्याऊँ

नेपालखबर
माघ १९, २०८० शुक्रबार १७:५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले संक्रमणकालीन न्यायसम्बन्धि विधेयक छिटो टुंग्याउनुपर्नेमा जोड दिएको छ।

पीडितमैत्री बनाएर सो विधेयकलाई छिटो टुंगोमा पुर्याउनुपर्ने आफ्नो पार्टीको धारणा रहेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए।

शुक्रवार सिंहदरबारमा पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले पीडितले न्याय पाउनेगरी सो सम्बन्धी विधेयकलाई छिटो टुंग्याउनुपर्ने बताए।

उनले भने, ‘लामो समयसम्म न्याय नदिइकन रहन सकिँदैन। हिजो जो युद्धरत थिए। हिजो जो राज्यपक्ष र विद्रोही थिए, आज ती सत्तामा छन्। अथवा ती आ–आफ्नो ठाउँमा छन्। न्याय कसले पाएनन् भन्दा जो प्रत्यक्ष, परोक्ष रुपमा द्वन्द्वमा परेकाहरुले न्याय पाएनन्।’

प्रमुख सचेतक परियारले सो विधेयक अघि बढाउने कुरामा अब ढिलाई गर्न नहुने बताए।

उनले थपे, ‘त्यसको लागि राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय सहमती होस् भन्ने चाहन्छ। तर राष्ट्रिय सहमति भएन भनेर यसलाई धेरै समय राख्न सकिँदैन। र यसलाई पीडितमैत्री बनाएर न्याय सम्पादन हुनेगरी सत्यनै निरुपण हुने गरी गर्नुपर्छ भन्ने पक्षमा छौं।’

राष्ट्रिय स्वतन्त्र पार्टीले द्वन्द्वमा परेकाहरुलाई न्याय दिने कुरामा सबै राजनीतिक दलहरु सहमति नजिक रहेकाले पनि सो विधेयक टुंगोमा पुर्याउनु कुरामा ढिलाई गर्न नहुने अडान राख्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .