ad ad

समाज


रुसमा हुने मानव तस्करी रोक, वैध यात्रु नरोकः एनआरएनए

नयाँ श्रम गन्तव्यमा मन्त्रीको चासो
रुसमा हुने मानव तस्करी रोक, वैध यात्रु नरोकः एनआरएनए

नेपालखबर
माघ १९, २०८० शुक्रबार १७:७, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालीहरू गैरकानुनी माध्यमबाट गई रुसी सेनामा भर्ना हुने क्रम बढेको र सोही क्रममा बेपत्ता तथा मृत्युका घटना पनि भइरहेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको ध्यानाकर्षण गराएको छ।

संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा बिहीबार मन्त्रालयमा भएको भेटमा संघले गैरकानुनी रूपमा रुस जाने क्रम रोक्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको हो।    

संघले विगतदेखि रुसमा काम गर्दै आएका नेपालीहरूको हकमा श्रम नवीकरण र अध्यागमनमा भएको अवरोध हटाई निर्बाध आवतजावत गर्ने वातावरण निर्माण गरिदिन पनि अनुरोध गरेको छ। 

संघले यसअघि  विभिन्न गैरकानुनी माध्यमबाट गएका नेपालीहरूको सूचना मस्कोस्थित नेपाली दूतावासलाई दिई मानव तस्करीलाई कम गर्न सहयोग गरेको जानकारी पनि दिएको छ।

नेपाल सरकारका विभिन्न निकायकाबीच समन्वयको कमीले गर्दा विगत लामो समयदेखि रुसमा  स्थायी रूपमा बसोवास गर्ने, अध्ययन तथा व्यवसाय गर्ने नेपालीको ठूलो संख्या अप्ठ्यारोमा परेको जनाएको छ। यसरी बसोवास गर्दै आएका नेपालीहरू छुट्टीमा नेपाल आउँदा अध्यागमनबाट रुस जाने नेपालीलाई रोक्ने, श्रम स्वीकृति नदिनेजस्ता घटनाहरू भइरहेकोप्रति समेत संघले ध्यानाकर्षण गराएको छ।  

भेटमा मन्त्री भण्डारीले एनआरएनएका प्रतिनिधिसँग नयाँ गन्तव्य र श्रम बजारको सम्भावनाका विषयमा चासो राख्दै गैरआवासीय नेपालीहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। टोलीमा संघकी महिला उपाध्यक्ष रोजिना प्रधान राई, महिला सचिव टीका गुरुङलगायतका पदाधिकारीको पनि सहभागिता थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .