ad ad

राजनीति


अर्घाखाँचीबाट सरकारलाई रवि लामिछानेको चुनौती- सहकारी ठगीमा मेरो दोष प्रमाणित गरेर देखाऊ

अर्घाखाँचीबाट सरकारलाई रवि लामिछानेको चुनौती- सहकारी ठगीमा मेरो दोष प्रमाणित गरेर देखाऊ

नेपालखबर
माघ २०, २०८० शनिबार ९:१५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता देखाउन सरकारलाई चुनौती दिएका छन्। 

शनिबार बिहान अर्घाखाँचीमा आयोजित पत्रकार सम्मेलनमा आएका प्रश्नहरूको जवाफमा पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेले आफूविरुद्ध छानबिन गरेर दोषी प्रमाणित गर्न सरकार तथा सम्बन्धित निकाय स्वतन्त्र रहेको बताएका हुन्। 

‘मलाई लागेका आरोपको जवाफ दिएर साध्य हुँदैन’, लामिछानेले भने, ‘छानबिन गरे हुन्छ सम्बन्धित निकायले, दोषी देखिए कारबाही गरे हुन्छ।’

आरोप लाग्दैमा प्रमाणित भएजसरी बुझ्ने परिपाटी भएको टिप्पणी गर्दै लामिछानेले भने, ‘रास्वपा यस्ता आरोपबाट डराउँदैन।’

सहकारीका विषयमा आएका समाचारबारे आफूले पत्रकार सम्मेलन गरेर तथा सामाजिक सञ्जालमार्फत प्रस्ट पारिसकेको दाबी पनि उनले गरे।

रास्वपाको टोली अहिले अर्घाखाँचीमा घरदैलो गरिरहेको छ।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .