नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णु पौडेलले देशको राजनीति धमिलिँदै गएको बताएका छन्।
प्रेस चौतारी नेपाल रुपन्देहीले शनिबार आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगिता शुभारम्भ गर्दै पौडेलले देशको राजनीति धमिलो भएकै कारण देश ठिक ढङ्गले अघि बढ्न नसकेको बताए।
‘देश धेरै अप्ठ्यारो अवस्थामा छ’, पौडेलले भने।
राजनीति सङ्लो नभएसम्म देश ठिक ढङ्गबाट अघि बढ्न नसक्ने उनले प्रष्ट पारे। ‘जबसम्म राजनीति सङ्लो हुँदैन, तबसम्म देश ठिक ढङ्गले अघि बढ्न सक्दैन, अहिले देशको राजनीति बिग्रिरहेको छ’ पौडेलले भने।
सरकारका कामकारबाहीले देश लथालिङ्ग बन्दै गएको पौडेलले बताए।
देशलाई लयमा फर्काउन निक्कै चुनौती रहेको उनको धारणा छ।
42
Shares
प्रतिक्रिया