प्रमुख सत्तारूढ नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सोमबार बिहान सिंहदरबारमा बस्ने भएको छ।
सोमबार अपरान्ह ४ बजेदेखि संसद्को हिउँदे अधिवेशन बोलाइएपछि माओवादी दलको बैठक बस्न लागेको हो।
बैठक बिहान ८:३० बजे माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।
यो बैठकमा संसद्मा पार्टीले प्रस्तुत हुने रणनीति तय गरिने भएको छ।
21
Shares
प्रतिक्रिया