ad ad

राजनीति


टेरामक्स प्रकरणबारे पत्रकारलाई कार्कीको जवाफ : त्यो कुरा सत्य होइन, स्वस्थ पत्रकारिता गर्नुस्

टेरामक्स प्रकरणबारे पत्रकारलाई कार्कीको जवाफ : त्यो कुरा सत्य होइन, स्वस्थ पत्रकारिता गर्नुस्

फाइल तस्बिर


नेपालखबर
माघ २२, २०८० सोमबार १६:४४, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आफू फरार नभएको बताएका छन्। 

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले सोमबार संसद् भवन परिसरमा पत्रकारहरूसँगको कुराकानीका क्रममा आफ्नो बचाउ गरेका हुन्। 

‘टेरामक्स’ प्रविधि खरिद गर्ने नीतिगत निर्णयमा सलग्नता देखिएपछि फरार रहेका समाचारहरू आइरहेका बेला कार्कीले पत्रकारहरूलाई स्वस्थ पत्रकारिता गर्न सुझाए। 

‘यसमा कुनै सत्यता छैन। यसमा म अहिले केहि बोल्दिनँ’, उनले भने, ‘स्वस्थ पत्रकारिता गर्नुस्।’ 

टेरामक्स खरिद प्रकरणमा भएको भनिएको अनियमितता प्रकरणमा तत्कालीन सञ्चारमन्त्रीहरू कार्की र मोहन बस्ने मुछिएको समाचार आइरहेका छन्। 

यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएपछि दुवैजना तानिने समाचार आइरहेका छन्।

यस्तोमा पूर्वसञ्चारमन्त्री कार्की केही दिनयता फरार भएको समाचार आएका थिए। तर उनले सोमबार संसद् भवन परिसरमा आफ्नो बचाउ गर्दै पत्रकारहरूलाई मर्यादित हुन सुझाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .