नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेकको काम गर्न नसक्ने बताएका छन्।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो भनेर नारा लगाएर चुनाव जितेका पार्टीहरुबाट धेरै आशा गर्न नसकिने बताए।
उनले भने, ‘मलाई गठबन्धनको बारेमा झगडा त गर्नुछैन। जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो भनेर नारा लगाएर हामी चुनाव जितेका पार्टी हौँ नि त। त्यो भन्दा खराब के होला?’
उनले अहिलेको गठबन्धनले ५ वर्षका लागि सम्झौता भएको भन्दै नेकपा एमालेले फकाउन नसके प्रधानमन्त्री फेर्नु बाहेकको नयाँ काम हुन नसक्ने जिकिर गरे। उनले गठबन्धनका शिर्ष नेताले सत्ता बाहेक बाँकी सत्य नदेखेको बताए।
नेता रिजालले निर्वाचन प्रणाली बदल्नैपर्ने आवश्यकता रहेको बताए।
Shares
प्रतिक्रिया