ad ad

राजनीति


राजेन्द्र लिङ्देनले भने : यही व्यवस्थाले देश चल्दैन, नयाँ सम्झौता आवश्यक भइसक्यो

राजेन्द्र लिङ्देनले भने : यही व्यवस्थाले देश चल्दैन, नयाँ सम्झौता आवश्यक भइसक्यो

तस्बिर : सरोज नेपाल


नेपालखबर
माघ २४, २०८० बुधबार १३:३४, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश अहिले टक्क अडिएको अवस्थामा रहेको बताएका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठक पार्टीकोतर्फबाट बोल्ने क्रममा उनले यस्तो बताएका हुन्। 

‘देश टक्क अडिएको अवस्थामा छ। देश अगाडि बढ्ने होइन, बरु कयौँ सन्दर्भमा पछि परेको छ’, उनले भने, ‘देश भ्रष्टाचार र लुटमा मात्रै अघि बढेको छ। अहिले भ्रष्टाचार कहाँ चाहिँ छैन भनेर हेर्नुपर्ने अवस्था आयो।’

टेलिफोन कलको गुणस्तर हेर्ने यन्त्र टेरामक्समा ठूलो भ्रष्टाचार भएको लिङ्देनले बताए।

‘टेरामक्स ल्याउने क्रममा पनि र ल्याएपछि पनि भ्रष्टाचार खाने काम भएको छ’, उनले भने, ‘चार वर्षदेखि चलेको अनुसन्धान अझै सकिएन। मन्त्री र नेताहरू फरार छन् भनिएको छ तर कारबाही भएको छैन।’

अहिलेको व्यवस्था गणतन्त्र नभइ लुटतन्त्र भएको उनले बताए। ‘देश यही व्यवस्थामा अडिइरहन सक्दैन। यस्तै अवस्थामा रोकिन सक्दैन’, उनले भने, ‘विकास निर्माणका काम ठप्प छन्। त्यही भएर देशलाई नयाँ सम्झौता गरेर अगाडि लैजानुपर्छ।’

उनले अब देशमा नयाँ सम्झौताको आवश्यकता भइसकेको बताएका छन्। ‘हामीले पछाडि फर्किनुपर्छ भनेको होइन’, उनले भने, ‘तर अब देशलाई नयाँ सम्झौता जरुरी भइसकेको छ। जसले देशलाई नवीन रुपमा अघि बढाउने छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .