ad ad

राजनीति


कांग्रेस नेताहरुलाई संकेत गर्दै नेपालले भने- प्रधानमन्त्री परिवर्तन गर्ने बेला भएको छैन

कांग्रेस नेताहरुलाई संकेत गर्दै नेपालले भने- प्रधानमन्त्री परिवर्तन गर्ने बेला भएको छैन

फाइल तस्बिर


नेपालखबर
माघ २५, २०८० बिहिबार ५:३७, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिले प्रधानमन्त्री परिवर्तन गर्ने समय नभएको बताएका छन्। 

नेपाली कांग्रेसका केही नेताहरूले पूर्वसहमतिअनुसार अब नेकपा (एस)का अध्यक्ष नेपाल प्रधानमन्त्री हुनुपर्ने अभिव्यक्ति सार्वजनिक भइरहेको सन्दर्भमा पत्रकारका जिज्ञासाको जवाफमा नेता नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै अझै पदमा रहनुपर्ने बताएका हुन्।

संसद् बैठकपछि अन्तर्राष्टि सम्मेलन केन्द्रमा पत्रकारहरूलाई नेता नेपालले भने, ‘अब सरकारले आगामी आवका निम्ति नीति तथा कार्यक्रम अनि बजेट तयार गर्नुपर्ने भएकाले प्रधानमन्त्री परिवर्तनको विषय सार्वजनिक गर्ने उपयुक्त समय होइन। प्रचण्डजी नै प्रधानमन्त्री रहनुपर्छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .