बारामा बसले किचेर एक बालिकाको मृत्यु भएको छ।
सुवर्ण गाउँपालिका–३ सतगञ्जमा बुधबार साँझ कलैया उपमहानगपालिका–८ मदर्सा टोलकी दुई वर्षिया बालिकालाई बसले किच्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
कलैयाबाट सतगञ्जतर्फ जाँदै गरेको ना३ख ९९९० नम्बरको बसबाट आमासँगै झर्ने क्रममा बालिकालाई अर्को बसले ठक्कर दिँदा उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।
मृतक बालिका आमासित बस चढेर मामाघर जाँदै थिइन्। घटनापछि मृतकका आफन्तले बसमा तोडफोड गरेको प्रहरीले जनाएको छ।
बालिकाको शव कलैया प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीले बसका चालक मुरारी चौधरीलाई नियन्त्रणमा लिएको छ। रासस
123
Shares
प्रतिक्रिया