ad ad

राजनीति


सम्बन्धित निकायले जवाफ नदिएपछि सुमनाले संसद्‍मार्फत सोधिन् सरकारलाई ९ प्रश्न

सम्बन्धित निकायले जवाफ नदिएपछि सुमनाले संसद्‍मार्फत सोधिन् सरकारलाई ९ प्रश्न

फाइल तस्बिर


नेपालखबर
माघ २५, २०८० बिहिबार १३:३९, काठमाडौँ

सरकारका विभिन्न निकायलाई सोधिएका प्रश्नको उत्तर नआएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संघीय संसद् सचिवालयमार्फत ९ प्रश्न सोधेकी छन्। 

उनले यही माघ २२ गते संघीय संसद् सचिवालयको प्रश्न शाखामा ९ वटा प्रश्नहरू बुझाइएको जानकारी दिइन्। 

सांसद सुमनाका अनुसार सम्बन्धित निकायलाई प्रश्नहरू पत्रका ढाँचामा पठाए पनि कसैले जवाफ दिएनन्।

'जवाफ नआएका कारण हामीले संघीय संसद् सचिवालयमार्फत जवाफ खोजेका छौँ', उनले भनेकी छन्। 

सुमनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि विमानस्थल सञ्चालनको अवस्थासम्मका प्रश्न संघीय संसद्‍मार्फत सरकारलाई सोधेकी हुन्। 

यस्ता छन् प्रश्न
१) विद्युतीय सुशासन आयोगको अहिलेसम्मको उपलब्धिसम्बन्धी, 
२) डाक्टरका विगतमा खुलेका दरबन्दी, 
३) नेपाल टेलिकमको मोबाइल लाइसेन्स सकिँदै गर्दा नेपाल दूरसञ्चार प्राधिकरणको अबको योजनासम्बन्धी, 
४) विश्वविद्यालयमा विद्यार्थीका गुनासो सुनुवाइ प्रक्रियासम्बन्धी, 
५) स्थानीय तहमा बजेट वितरण सम्बन्धी, 
६) गौतम बुद्ध विमानस्थलका सञ्चालन, बजेट, लागानी र योजनासम्बन्धी,
७) अबन्डामा छुट्याइएको बजेटलाई पुनःस्थान्तरण गर्नेबारे,
८) मोबाइल अपरेटर स्पेक्ट्रमसम्बन्धी,
९) छात्रवृत्ति करारमा अस्पतालमा नियुक्त भएकासन्बन्धमा। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .