ad ad

राजनीति


कोसी सरकार विस्तारमा एकीकृत समाजवादी असन्तुष्ट, समर्थन फिर्ता लिने चेतावनी

कोसी सरकार विस्तारमा एकीकृत समाजवादी असन्तुष्ट, समर्थन फिर्ता लिने चेतावनी

फाइल तस्बिर


नेपालखबर
माघ २६, २०८० शुक्रबार १९:४४, काठमाडौँ

कोसी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेपछि सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टी रुष्ट बनेको छ। 

एकीकृत समाजवादीले मुख्यमन्त्री कार्कीले सहमति पालना नगरेको भन्दै गल्ती नसच्याए विकल्प खोजेर अघि बढ्ने चेतावनीसमेत दिएको छ।

मुख्यमन्त्री कार्कीले शुक्रबार चारजना मन्त्री र दुई जना राज्यमन्त्री थपेका छन्। यससँगै कोसीको मन्त्रीमण्डल १० सदस्यीय भएको छ।

कार्कीले कांग्रेसका २ मन्त्री तथा २ राज्यमन्त्री र माओवादी केन्द्रबाट २ जना मन्त्री नियुक्त गरेका छन्। उनीहरूले प्रदेश प्रमुख परशुराम खापुङको उपस्थितिमा शपथसमेत लिइसकेका छन्। 

यसलाई लिएर समाजवादी कोसी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले विगतको सहमति पालना नभएको भन्दै आपत्ति जनाएका हुन्। हाल एक मन्त्री लिएको एकीकृत समाजवादीलाई सहमतिअनुसार अर्को मन्त्री नदिएको भन्दै राईले आक्रोश व्यक्त गरेका छन्। 

‘मुख्यमन्त्रीजीले हामीलाई थप एउटा मन्त्रालय दिने सहमति विगतमै गर्नु भएको थियो। कांग्रेसले थप मन्त्रालय नपाउने गरी यसअघि सहमति गरिएको हो', उनले भने, 'तर अहिले मन्त्रीमण्डल विस्तार हुँदा उहाँले हामीसँगको सहमति पालना गर्नु भएन।’

राईले मुख्यमन्त्रीले शुक्रबारको कदम सच्याउन तयार नभए विकल्प खोजेर अघि जाने पनि बताएका छन्। 

‘उहाँलाई यो कदम सच्याउन भनिसकेका छौँ। यदि नसच्याउने भए सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्री पनि फिर्ता बोलाउँछौँ।ह हामीसँग अर्को सरकार बनाउन गठबन्धन फेर्ने र आफैँ मुख्यमन्त्री बन्नेसम्म विकल्प छन् ,’  पूर्वमुख्यमन्त्री राईले भने।

मुख्यमन्त्री कार्कीले विगतको सहमतिविपरीत यसअघि नेतालाई सुविधा बढाउने अध्यादेश ल्याएको पनि राईले उल्लेख गरे। 

‘उहाँ (मुख्यमन्त्री) ले अध्यादेश पनि हामीसँग सल्लाह नगरी ल्याउनु भयो। एउटा मन्त्री लिएर हामी सरकारमा टाँसिएर बस्ने पक्षमा छैनौँ’, राईले भने 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .