ad ad

राजनीति


सांसदहरूलाई गृहमन्त्रीको जवाफ: बाँसबारी जग्गा प्रकरणबाट सरकार पछि हट्दैन

अदालतको निर्णयले न्यायिक पद्धतिबारे प्रश्न उठे
सांसदहरूलाई गृहमन्त्रीको जवाफ: बाँसबारी जग्गा प्रकरणबाट सरकार पछि हट्दैन

फाइल तस्बिर


नेपालखबर
माघ २८, २०८० आइतबार १४:६, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हिनामिना प्रकरणको छानबिनबाट सरकार पछि 
नहट्ने बताएका छन्। 

संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। 

‘राज्यको कार्यकारी अंग सरकार हो। राज्यको अन्य अंग शक्ति पृथकीकरणको सिद्धान्तअनुसार अघि बढेका छन्’, उनले भने, ‘अदालतले अरुण चौधरी लगायतलाई थुनामा नराख्ने निर्नय गरिदियो। तर यसले न्यायिक पद्धतिबारे केही प्रश्न त उठ्यो।’

उनले अदालतप्रति आफ्नो सम्मान रहेको पनि बताए।

‘म्याद दिने-नदिने भन्ने अदालतले निर्णय दिने अहिलेसम्म को न्यायिक इतिहासमा छ’, उनले भने, ‘म्याद दिने सन्दर्भमा घन्टौँ बयानमा राख्ने हुँदैन। अहिले अदालतले पुर्पक्षमा राख्नु अघि भनेको हो। हामी यो मुद्दाबाट पछि हट्दैनौँ।’

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका सांसदहरूले अनेक भ्रष्टाचारका प्रकरणबाट सरकार पछि हट्ने गरेको भन्दै आलोचना गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .