नेकपा माओवादी केन्द्र कोसी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्बाङ ‘मिक्सो’ले नेताहरू माथिबाटै गुटगत राजनीतिमा केन्द्रित हुँदा पार्टी बिग्रिएको बताएका छन्।
आइतबारदेखि राजधानीको राष्ट्रिय सभागृहमा सुरु भएको केन्द्रीय समिति बैठकमा कोसीबाट रिपोर्टिङ गर्दै अध्यक्ष नेम्बाङले यस्तो बताएका हुन्।
‘नेताहरू आफ्नो गुट चलाउन माथिबाटै संरक्षण गरेर बसेका छन्। त्यसको असर तलैसम्म पार्टी संगठनमा परेको छ’, उनले बैठकमा भने, ‘माथिबाटै गुटलाई संरक्षण गरियो, जसले पार्टीमा अनेक खाले समस्या देखिए। अब यसलाई खारेज गरौँ।’
उनले माओवादीमा अनेक गुटकै कारण पार्टी बन्न नसकेको पनि पनि बैठकमा ब्रिफिङ गरेका छन्।
57
Shares
प्रतिक्रिया