ad ad

राजनीति


पहिचानको आन्दोलनमा पक्राउ पर्ने ९० प्रतिशत माओवादी!

पहिचानको आन्दोलनमा पक्राउ पर्ने ९० प्रतिशत माओवादी!

फाइल तस्बिर


नेपालखबर
माघ २८, २०८० आइतबार १७:४७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका एकजना नेता पेशल खतिवडाले कोसी प्रदेशमा चलेको पहिचानको आन्दोलनमा पक्राउ पर्नेमा ९९ प्रतिशत आफ्नै पार्टीका कार्यकर्ता भएको बताएका छन्।

आइतबार सुरु केन्द्रीय समिति बैठकमा लेखा आयोगकोतर्फबाट रिपोर्टिङ गर्ने क्रममा खतिवडाले यस्तो बताएका हुन्।

उनले अब मा‌ओवादीले कोसी नभई प्रदेश नम्बर १ मै फर्किनुपर्ने पनि उनले बताएका छन्।

‘पहिचानको आन्दोलनका क्रममा पक्राउ पर्नेमा ९० प्रतिशत माओवादी नै थिए’, उनले भने, ‘यस्तो अवस्थामा अब कोसी होइन, प्रदेश नम्बर १ मै माओवादी फर्किनुपर्छ।’

खतिवडाले पार्टीले महिनौसम्म चलाउने लामो अभियान प्रभावकारी नभएको निष्कर्ष पनि बैठकमा सुनाए। 

उता अनुशासन आयोगका अध्यक्ष टंक राईले पार्टी पंक्ति परिचालित हुन नसक्दा माओवादी खिइँदै गएको बताएका छन्। 

‘किन गरिब भइयो भनेको त पैसा नभएर पो रहेछ भने जस्तै, माओवादी किन कमजोर भयो भनेको हामी परिचालित नभएर पो रहेछ’, उनले बैठकमा भने। 

अब पार्टीका कामलाई अभियानका रुपमा नभइ नियमित तालिकाका रुपमा अघि बढाउनु आवश्यक रहेको पनि उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .