नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु हुनुअघि अहिले प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीसहित केही स्थायी समिति सदस्यहरुसँग छलफल गरिरहेका छन्।
माओवादीको २२ सदस्यीय पदाधिकारी र ४४ सदस्यीय स्थायी समिति छ।
भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा पदाधिकारीसहितको स्थायी समिति बैठक बसेको हो। मंगलबारदेखि सुरु हुने विधान सम्मेलनकै विषयमा बैठक केन्द्रित रहेको एक नेताले नेपालखबरलाई जानकारी दिए।
‘विधान मस्यौदामा साझा समझदारी बनाउन अहिले पदाधिकारीसहित बैठक बसिरहेको छ’, ती नेताले नेपालखबरसँग भने, ‘त्यसपछि केन्द्रीय समितिको बैठक बस्छ।’
७ सदस्यीय विधान मस्यौदा समिति तयार पारेको विधानमा उपमहासचिव जनार्दन शर्माले पूरक प्रस्ताव राखेका छन्।
आइतबारदेखि सुरु केन्द्रीय समिति बैठकमा आज विधान मस्यौदा माथि छलफल गराउने तयारी छ।
Shares
प्रतिक्रिया