ad ad

राजनीति


माओवादीले जातीय-क्षेत्रीय मोर्चा फर्काउने, पहिचानको मुद्दा फेरि उठाउने

माओवादीले जातीय-क्षेत्रीय मोर्चा फर्काउने, पहिचानको मुद्दा फेरि उठाउने

तस्बिर : सरोज बैजु


नेपालखबर
माघ २९, २०८० सोमबार १५:३५, काठमाडौँ

सत्तारुढ नेकपा माओवादी केन्द्रले तत्कालीन सशस्त्र संघर्षका क्रममा गठित जातीय-क्षेत्रीय मोर्चालाई ब्युँताउने भएको छ।

माओवादीको पाँचौँ केन्द्रीय समिति बैठकलाई सोमबार राष्ट्रिय सभागृहमा सम्बोधनका क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो घोषणा गरेका हुन्। 

दाहालले सम्बोधनका क्रममा जनताले अब आफूहरूको पहिचानका रुपमा माओवादी नाम मात्रै रहेको भन्ने जनतामा परेको पनि बताए। 

‘हाम्रो पहिचान बाँकी रहेको नै माओवादी नाम मात्र नै हो भनिन्छ। तर नाम होइन काम ठूलो कुरा हो। नामले मात्र केही हुँदैन’, उनले भने, ‘काम अनुसारको नाम चाहिन्छ।’ 

उनले युद्धकालीन जातीय-क्षेत्रीय मोर्चा पुनर्जीवित गरेर आन्दोलन थाल्ने पनि घोषणा गरे। 

‘अब जातीय-क्षेत्रीय मोर्चालाई पुनर्जीवित गर्छौँ। हामी अब संगठित आन्दोलन गर्छौँ। पहिचानको मुद्दालाई सशक्त रुपमा उठाउँछौँ’, उनले बैठकमा भने, ‘हामीले थाहै नपाईकन वर्ग छाडेको साँचो हो। अबको अभियानलाई आन्दोलनका रुपमा चलाउँछौँ। तराई-मधेस केन्द्रित आन्दोलन थाल्छौँ।’

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले आठौं महाधिवेशनले तय गरेको समाजवादी दिशा बमोजिमकै विधान बनाउने बताउँदै विधान अधिवेशनपछि विशेष महाधिवेशनको तयारीमा लाग्ने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .