ad ad

राजनीति


गच्छदार विरुद्धको मुद्दा राजनीतिक र कानुनीरुपमा सामना गर्छौंः शर्मा

गच्छदार विरुद्धको मुद्दा राजनीतिक र कानुनीरुपमा सामना गर्छौंः शर्मा

नेपालखबर
माघ २७, २०७६ सोमबार १४:६,

नेपाली कांग्रेसले उपसभापति विजयकुमार गच्छदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दामाथि राजनीतिक र कानूनी रुपमा सामना गर्ने भएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकमा उपसभापति गच्छदारलाई लागेको मुद्दामाथि राजनीतिक र कानूनी दुवै ढंगले सामना गर्ने विषयमा छलफल भएको कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिए।

उनले बलुवाटार स्थित ललिता निवासको जग्गा प्रकरणमा अख्तियार सरकारको छाया बनेको निष्कर्ष कांग्रेसको रहेको समेत बताए। उनले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार मन्त्रिपरिषद्बाट भएको नीतिगत निर्णयमा मन्त्रीलाई तान्न नमिल्ने भएकाले कांग्रेसले राजनीतिक रुपमा समेत सामना गर्ने बताए।

उनले संसदका सन्दर्भमा नेपाली कांग्रेस संसदीय दलले नै निर्णय लिने र यसमा बैठकले कुनै निर्देशन नदिएको समेत बताए। उनले संसदीय दलले आवश्यकता अनुसार मंगलबार निर्णय गर्ने समेत जानकारी दिए।

त्यस्तै बैठकले फागुन ३ गते सरकार गठन भएको दुई वर्ष पुरा हुने र यो अवधिमा सरकारले जनविरोधी विधेयकहरु ल्याएको, प्रतिशोधपूर्ण व्यवहार गरेको, शान्ति सुरक्षाको स्थिति खस्केको र भ्रस्टाचारका विषयलाई कारबाही गर्ने नाउँमा उन्मुक्ति दिँदै संस्थागत ढंगले संरक्षण गरेको निष्कर्ष निकालेको प्रवक्ता शर्माले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .