ad ad

राजनीति


ललिता निवास ‍प्रकरण : विशेष अदालतको फैसलाले गृहमन्त्री प्रसन्न

ललिता निवास ‍प्रकरण : विशेष अदालतको फैसलाले गृहमन्त्री प्रसन्न

फाइल तस्बिर


नेपालखबर
फागुन ४, २०८० शुक्रबार ११:३, काठमाडौँ

बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा घोटाला प्रकरणमा विशेष अदालतले गरेको फैसलाप्रति उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रसन्नता व्यक्त गरेका छन्। 

बालुवाटार जग्गा प्रकरणमा जोडिएका बिचौलिया र कर्मचारीलाई विशेष अदालतले बिहीबार भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेपछि श्रेष्ठले प्रसन्नता व्यक्त गरेका हुन्

‘अन्ततः ललिता निवासको सरकारी जग्गा सरकारको नाममा आयो। सबै नेपाली जनतालाई बधाई छ,’ श्रेष्ठले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘जालसाजी, किर्ते, ठगी र भ्रष्टाचारद्वारा राज्य लुट्ने कार्य र प्रक्रिया विरुद्ध विशेष अदालतले सत्य र न्यायको पक्षमा ऐतिहासिक फैसला ‍गर्‍यो। विशेष अदालत र न्यायाधीशहरुप्रति हार्दिक आभार र धन्यवाद!’

बालुवाटार घोटालामा सयभन्दा बढी भ्रष्टाचारी ठहर, अधिकांश मालपोत, नापी, भूमिसुधार र गुठीका कर्मचारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .