ad ad

राजनीति


विशेषबाट सफाइ पाएपछि चन्द्रदेवले भने : भ्रष्टाचारको आरोप सहन निकै मुस्किल थियो

विशेषबाट सफाइ पाएपछि चन्द्रदेवले भने : भ्रष्टाचारको आरोप सहन निकै मुस्किल थियो

फाइल तस्बिर


नेपालखबर
फागुन ४, २०८० शुक्रबार १३:२७, काठमाडौँ

बालुवाटारस्थित ललिता निवासले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा जोडिएका एकजना पात्र हुन् चन्द्रदेव जोशी 

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा उनी २०६९ जेठ ३ देखि असोज ४ गते सम्म भूमिसुधार मन्त्री भएका थिए। 

तर ललिता निवास प्रकरणमा २०६९ असोज १८ गते मन्त्रिपरिषद्‍बाट निर्णय भएको थियो। मन्त्री पदबाट त्यसअघि नै असोज ४ गते राजीनामा दिए पनि उनले आफूलाई बिनाकारण भ्रष्टाचार आरोप लगाइएको बताउँदै आएका थिए। 

उनै जोशीलाई ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार सफाइ दिएको छ। नेपाल प्रहरीको केन्द्री अनुसन्धान ब्यूरोले मुद्दा चलाउँदा पनि उनीमाथिको अभियोगमा त्रुटी रहेको ठहर अदालतले गरेको थियो। 

विशेषबाट पनि सफाइ पाइसकेपछि जोशीले आफूलाई गर्दै नगरेको कसूरबाट मुक्ति पाउँदा राहत मिलेको बताएका छन्।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा मविरुद्ध लगाएको आरोपमाथि विशेष अदालतबाट हिजो सफाइ पाएकोमा अत्यन्तै खुशी छु। सम्पूर्ण जीवन सिद्धान्त, र इमान्दारीको राजनीति गर्दै आएको हुँ र गरि नै रहनेछु’, जोशीले भनेका छन्, ‘।राजनीतिक जीवन होस् वा इन्जिनियरका रुपमा पेशागत जीवन, कुनै पनि क्षेत्रमा इमान्दारी र सादगीपनलाई मूल मान्यता मानेर काम गरेको हुँ।’

तर जीवनको उत्तरार्द्धमा लागेको भ्रष्टाचारको आरोपले आफूलाई नसोचेको तनाव दिएको उनले बताएका छन्। ‘यो मिथ्या आरोप सहन निकै मुस्किल थियो। कहिल्यै कसैले नसोचेको यो आरोप मेरा लागि मात्रै होइन, मलाई प्रत्यक्ष वा परोक्ष रुपमा चिन्ने सबैका लगि अप्त्यारिलो थियो’, उनले भनेका छन्, ‘चार वर्ष लामो सकसपछि हिजो विशेष अदालतको फैसलाले राहत दिएको छ।’

उनले आफूलाई लागेको भ्रष्टाचार आरोपलाई जीवनकै सबैभन्दा अप्ठ्यारो क्षणका रुपमा ब्याख्या गरेका छन्। 

‘मेरो जीवनको सबैभन्दा अप्ठ्यारो समयमा साथ र सहयोग दिनु हुने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। विशेषगरी बिनाकुनै शुल्क मेरा पक्षमा बहस गरिदिनुहुने वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीसहित अधिवक्ताहरू ललित बस्नेत, डा. भीमार्जुन आचार्य, जैदेव जोशी, अम्बरबहादुर थापा, जगतप्रसाद जोशी तथा वीरभद्र जोशीप्रति आजीवन अभारी रहनेछु’, उनले भनेका छन्, ‘यस्तो बेलासमेत मेरो इमान्दारीप्रति विश्वास राख्दै मैले चिनेका र नचिनेका व्यक्तिहरूले समेत मप्रति देखाउनु भएको भरोसाका लागि सबैप्रति सँधै कृतज्ञ रहने छु।’

विशेष अदालतको हिजोको फैसलाबाट आफूले न्याय पाएको अनुभूति गरेको उनले बताएका छन्। ‘निष्ठा र इमान्दारीपूर्वक निभएको ६० वर्ष लामो राजनीतिक जीवनप्रति पनि सम्मान पाएको महसुस गरेको छु’, जोशीले अगाडि भनेका छन्, ‘विशेष अदालत र सबै न्यायमूर्तिहरूलाई पनि धन्यवाद व्यक्त गर्दछु।’

उनले आफूलाई लागेको आरोपमा आफूले कानुनी प्रक्रियामा सधैँ साथ दिँदै आएको बताए। ‘आगामी दिनमा पनि यदि कुनै कानुनी प्रक्रिया अघि बढ्छ भने त्यसमा पनि मेरो सम्पूर्ण साथ रहनेछ भन्ने विश्वास दिलाउन चाहन्छु’, जोशीले भनेका छन्। 

सम्बन्धित समाचार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .