ad ad

खेल


एम्बाप्पेले पीएसजीलाई भने : सिजनको अन्त्यमा क्लब छाड्छु

एम्बाप्पेले पीएसजीलाई भने : सिजनको अन्त्यमा क्लब छाड्छु

नेपालखबर
फागुन ४, २०८० शुक्रबार १३:२७,

फ्रान्सेली स्ट्राइकर केलियन एम्बाप्पेले पीएसजीलाई सिजनको अन्त्यमा क्लब छाड्ने जानकारी दिएका छन्।

२५ वर्षीय एम्बाप्पेको सम्झौता त्यहीबेला समाप्त हुँदैछ। लामो समयदेखि उनी स्पेनी क्लब रियल मड्रिड जाने चर्चा चल्दै आएको छ।

गत बर्खामा पनि उनी क्लबमा रहने कि छाड्ने भन्ने विषयमा अलमल देखिएको थियो।

सोही कारण क्लबको प्रिसिजन टुरमा समेत उनलाई सामेल गराइएको थिएन। तर, एम्बाप्पेले क्लब छाड्दा क्लबले केही नपाउने अवस्था नरहनेगरी सम्झौता गरिएको थियो।

तसर्थ, या त एम्बाप्पेलाई कसैले खरिद गरेर लैजानुपर्ने हुन्छ, या उनले नै क्लबबाट पाउने रकम छाड्नुपर्ने स्थिति देखिएको बताइएको छ।

तर, पीएसजी भने उनलाई क्लबमै राख्न चाहन्छ। च्याम्पियन्स लिग जित्ने उदेश्यले पीएसजीले नेयमार र लियोनल मेस्सीजस्ता हस्तीलाई क्लबमा भित्र्याएको थियो। 

दुवैले यसअघि नै क्लब छाडिसकेका छन्।

एम्बाप्पेले वार्षिक २० करोड युरो कमाउँदै आएको आकलन छ। उनले पीएसजीलाई ५ पटक लिग १ जित्न सघाएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .