अनुगमन, मूल्यांकन विधेयक सम्बन्धी प्रतिवेदन, २०८० प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ।
आइतबार बसेको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले विधेयक प्रस्तुत गरेका हुन्।
प्रतिनिधिसभा नियमावली नियम १२१ बमोजिम सदनमा उनले उक्त विधेयक पेस गरेका हुन्।
राष्ट्रिय सभाबाट पारित भएर आएको यो विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले परिमार्जन सहित पारित गरेको थियो।
२०७६ फागुन २८ गते राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक २०७९ माघ २३ गते पारित भएर प्रतिनिधिसभामा आएको थियो।
सो विधेयक पारित भएर आएको एक झण्डै एक वर्षपछि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएको थियो।
समितिबाट पारित भएर आएको विधेयक आइतबार प्रतिनिधिसभामा पेस भएको हो।
विधेयकले संघीय सरकारको संघीय आयोजना र संघीय सरकारको अनुदानमा सञ्चालित आयोजना अनुगमन तथा मूल्यांकन गर्ने व्यवस्था गरेको छ।
Shares
प्रतिक्रिया