ad ad

राजनीति


कांग्रेस महासमिति बैठकः ५ प्रतिवेदनमाथि सुझाव दिन १ जनालाई ५ मिनेट मात्रै समय

कांग्रेस महासमिति बैठकः ५ प्रतिवेदनमाथि सुझाव दिन १ जनालाई ५ मिनेट मात्रै समय

नेपालखबर
फागुन ९, २०८० बुधबार १०:४१, काठमाडौँ

विगत तीन दिनदेखि ललितपुरको गोदावरीमा जारी कांग्रेस महासमिति बैठकमा आज समूहगत छलफल भइरहेकाे छ। 

सहभागीलाई चार समूहमा विभाजन गरेर पाँच प्रतिवेदनमाथि छलफल भइरहेको हो। 

समूहगत छलफलमा सहभागीहरुले मंगलबार प्रस्तुत प्रतिवेदनमाथि सुझाव तथा धारणा राखिरहेका छन्। आफ्ना सुझाव तथा धारणा राख्न एक सहभागीलाई पाँच मिनेट मात्रै समय तोकिएको छ। 

सम्मेलन केन्द्रको मुख्य हल गोदावरी हलमा कोशी र सुदुरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरु, फूलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशंखुनारायण हलमा मधेश र कर्णाली प्रदेशको समूहगत छलफल भैरहेको छ। कांग्रेसको महासमिति बैठक फागुन १० गते बिहीबारसम्म सञ्चालन हुनेछ।

समूहगत छलफलमा आज सबै सहभागीहरुले धारणा राख्ने व्यवस्था मिलाइएको प्रचारप्रसार उपसमिति संयोजक मीन विश्वकर्माले जानकारी दिए।

‘हामीले महासमिति बैठकमा सहभागी सबै सदस्यहरुको धारणा लिन आवश्यक समयको व्यवस्थापन गरेका छौँ। सबै सदस्यहरुले आफ्ना धारणा तथा सुझावहरु राख्न पाउनु हुनेछ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .