दिल्ली विधानसभा निर्वाचनमा आम आदमी पार्टीले भारी बहुमत ल्याएपछि मुख्यमन्त्री अरविन्द केजरीवाललाई प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्।
चुनावमा मोदीको भारतीय जनता पार्टी नराम्ररी पराजित भएको छ।
मतगणना जारी रहँदा आपले ६२ सिट जित्ने देखिएको छ भने भाजपा ८ सिटमा खुम्चिने भएको छ।
‘आप र श्री अरविन्द केजरीवाललाई बधाई!’ मोदीले ट्विट गरेका छन्, ‘दिल्लीका जनताको अपेक्षालाई पूरा गर्नहोला भन्ने शुभेच्छा।’
प्रतिक्रिया