प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुजी पन्तले पूर्वमन्त्री गोकुल बास्कोटाको बचाउ गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गोकुल बास्कोटाको टेप प्रकरण बाहिर आउनेबित्तिकै राजीनामा दिएको स्मरण गर्दै अहिलेका विवादित मन्त्रीले पनि राजीनामा दिनुपर्ने बताए।
‘गोकुल बास्कोटाको के गल्ती थियो? खाली त्यही टेप बाहिर आएको होइन? दिएको होइन राजीनामा? दोषी भए त छानबिन गर्ने निकायले छानबिन गरेर देखाउनुपर्ने हो नि?,’ उनले भने।
साथै, उनले कुनै पनि बहालवाला मन्त्रीको विवाद आउनेबित्तिकै एक मिनेट पनि पदमा बस्न नहुने उनले बताए।
39
Shares
प्रतिक्रिया