ad ad

राजनीति


प्रधानमन्त्री ओली र सामोआका प्रधानमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र सामोआका प्रधानमन्त्रीबीच भेटवार्ता

नेपालखबर
असोज ९, २०८१ बुधबार ५:२७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली र  सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको छ।

उनीहरुबीच बीच राष्ट्रसङ्घका लागि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको छ। 

भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापा सहभागी थिए। 

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन प्रधानमन्त्री ओली न्युयोर्क गएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .