राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशभरका किसानको समस्यालाई नजरअन्दाज नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सभापति लामिछानेले आफ्नो निर्वाचन क्षेत्र र देशैभरका दूध उत्पादक किसान समस्यामा रहेको भन्दै आपत्ति जनाएका हुन्।
‘मेरो निर्वाचन क्षेत्र र देशैभरिका दूध किसान र मह किसान मारमा परेका छन्, अर्कोतिर पाउडर दूध र विदेशबाट आयातीत महले स्थान पाएका छन्,’ सभापति लामिछानेले भने, ‘किसानको आन्दोलनलाई नजरअन्दाज गर्यो भने किसानले सरकार ढाल्नेसम्मको क्षमता राख्छन्, होसियार हुनुहोला।’
उनले निर्वाचन क्षेत्रका वन, सडक र मिटरब्याज समस्या समाधानबारे सरकारको ध्यानाकर्षण गराए।
57
Shares
प्रतिक्रिया