ad ad

राजनीति


दुबईमा २ नेपालीलाई मृत्युदण्ड दिइँदै छ, सरकारले ब्लडमनी तिरेर बचाओस्: सांसद खतिवडा

दुबईमा २ नेपालीलाई मृत्युदण्ड दिइँदै छ, सरकारले ब्लडमनी तिरेर बचाओस्: सांसद खतिवडा

नेपालखबर
फागुन १०, २०८० बिहिबार १२:५८, काठमाडौँ

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले यूएईको दुबईमा जेलमा रहेका दुई नेपालीलाई स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्। 

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले ओखलढुंगा चिसंगुगढी–३ बस्ने यमबहादुर श्रेष्ठका छोरा भुवन र धादिङ निवासी पहलमान श्रेष्ठ ५ वर्षदेखि यूएईको एउटा जेलमा रहेको जानकारी गराए।

उनीहरू नवलपरासिको साथी बाबुराम आलेको मृत्युपछि अस्पताल लैजाँदै गर्दा त्यहाँको सरकारले पक्राउ गरी ५० लाख ब्लडमनी तोकेको पनि उनले संसद्लाई जानकारी गराए।

‘ओखलढुंगा चिसंगुगढी–३ बस्ने यमबहादुर श्रेष्ठका छोरा भुवन र धादिङ निवासी पहलमान श्रेष्ठ ५ वर्षदेखि यूएईको दुबईमा एउटा जेलमा हुनुहुन्छ। उहाँहरू नवलपरासिको साथी बाबुराम आलेलाई हस्पिटल लैजाँदा आलेको मृत्यु भएपछि त्यो केसमा ५० लाख ब्लडमनी दिनुपर्ने कारणले जेलमा हुनुहुन्छ,’ सांसद खतिवडाले भने, ‘ब्लडमनी नदिए मृत्युदण्ड दिने घोषणा गरेको छ। सरकारले उहाँहरूलाई ब्लडमनी तिरेर स्वदेशमा ल्याउने पहल गरोस्। प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले पहल गर्ने व्यवस्था गर्नुपर्यो।’

साथै, उनले हमासले अपहरण गरेका विपिन जोशीको अवस्था सदनलाई जानकारी गराउन सरकारको ध्यानाकषएण गराए। युक्रेन र रसियामा नेपालीले मृत्युवरण गरिरहेका नेपालीलाई स्वदेश फिर्ता बोलाउन पनि सरकारको ध्यानाकर्षण सांसद खतिवडाले गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .