नेपाली कांग्रेसको जारी महासमिति बैठकको चौथो दिन अवस्था तनावग्रस्त भएको छ।
समूहगत छलफलमा उठेका सुझावहरूलाई प्रदेश सभापतिहरूले प्रस्तुत गर्ने क्रममा विवाद भएको हो।
कांग्रेसको बागमती प्रदेशतर्फबाट सुझाव दिने क्रममा आफूहरूका कुरा नसमेटिएको भन्दै महासमिति सदस्यहरूले नेताहरू बसेको मञ्च घेरेर नाराबाजी गरेका हुन्।
सुझाव राख्ने क्रममा प्रदेश सभापतिहरूले आफूखुसी कुरा राखेको भन्दै महासमिति सदस्यहरू आक्रोशित भएका हुन्।
नाराबाजी भएपछि बागमती प्रदेश कार्यसमिति सभापति इन्द्र बानियाँले सबै सहभागीको विचार समेटेर कुरा राख्ने भन्दै माहोल शान्त पार्ने कोसिस गरे।
183
Shares
प्रतिक्रिया