नेपाली कांग्रेसका नेता शशांक कोइरालालेअ अन्य दलसँग गठबन्धन आवश्यक नरहेको बताएका छन्। गठबन्धन गर्ने हो भने आफ्नै पार्टीभित्र आवश्यक रहेको उनको भनाइ छ।
गोदावरीमा चलिरहेको पार्टीको महासमिति बैठक समापन समारोहमा उनले भने, ‘हामीले गठबन्धन गर्न आवश्यक गर्न देख्नदिनँ। गठबन्धन आफ्नै साथीहरूसँग गर्नुस्। ३६४ दिन कांग्रेस, मत हाल्ने दिन अर्कोलाई हाल्ने कांग्रेस हामीलाई चाहिएन। चुनावभन्दा अघि गठबन्धन गर्नु दुर्भाग्य हो। गठबन्धन त सरकार बनाउँदा बनाउनुपर्छ।’
उनले धर्मको विषय स्वतन्त्रताको विषय भएकाले सापेक्षता वा निरपेक्षताको विषय नहुने जिकिर पनि गरे।
33
Shares
प्रतिक्रिया