नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलाले देशलाई सही दिशामा लैजान सक्ने तागत कांग्रेससँग मात्रै भएको बताएका छन्।
यस पटकको महासमिति बैठकपछि सबैजना उत्साहसहित जिल्ला फर्किन लागेको बताउँदै उनले नेताहरूबीच पनि एकता कायम गरेको बताए।
'हामी उत्साह लिएर हामी जिल्ला फर्किँदैछौँ। हामीबीच एकता भएको छ। अलिअलि भएको मतभेद पनि हटेको छ,' उनले भने, 'संगठन परिचालन गरेर आउने चुनावबाट धेरै मत र धेरै हाम्रा साथी निर्वाचित गराउन लागौँ। यो बैठकले धेरै विषयमा मन्थन गरेको छ। कांग्रेसले धेरै चुनौतीक सामना गरेको छ। सबै चुनौती पन्छाएर लोकतान्त्रिक समाज बनाउने बुद्धि तागत सबै कांगेससँग छ। देशलाई सही दिशामा लैजान सक्ने तागत कांग्रेससँग मात्रै छ।'
सिटौलाले संविधानलाई बचाउने र संविधानको माध्यमबाट जनताको अधिकार सुनिश्चित गर्ने दल कांग्रेसमात्रै भएको पनि बताए।
'संविधानलाई बचाउने र संविधानको माध्यमबाट जनताको अधिकार सुनिश्चित गर्न हामी सक्षम छौँ। कांग्रेसलाई घुनपुत्ली लगाउन हामी दिदैँनौँ। हामी राजनीतिमा पथपर्दशक पनि हौँ।'
Shares
प्रतिक्रिया