नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट दुई पटक भन्दा बढी प्रधानमन्त्रीमा कसैले शपथ नलिने बताएका छन्।
उनले यो विषय महासमिति बैठकले पारित गरिसकेको पनि जानकारी दिए। शर्माले यसरी सम्बोधन गरिरहँदा सभापति शेरबहादुर देउवा मञ्चमै थिए। देउवा पाँचौँ पटक प्रधानमन्त्री भइसकेका छन्। यही गठबन्धन रहेमा उनी छैटौँ पटक प्रधानमन्त्री हुनेछन्।
जारी महासमिति बैठकको समापन अवसरमा बोल्दै उनले एक पटक राष्ट्रपति, तीन पटक मन्त्री र चार पटक सांसदमा शपथ लिने उनले बताए।
महामन्त्री शर्माले गठबन्धनबारे मात्र महासमिति बैठकमा छलफल भएको भन्ने सन्देश बाहिर गएको भन्दै समग्र देशको परिस्थितिबारे पनि छलफल भएको जानकारी दिए।
'सबैलाई स्पष्ट पारौँ, त्यो विषयबाहेक अन्य धेरै विषयमा छलफल भयो। देशको स्थिति र परिस्थितीको विषमया छलफल भयो, मन माझामाझ भयो। अहिले एक ढिक्का भएका छौं', उनले भने।
महासमिति बैठकले सुशासन र समुन्नतिको बाटोमा एक ढिक्का भएर छलफल गरेको बताउँदै उनले अबको १५ वर्षको बाटो कोरेको बताएका छन्।
Shares
प्रतिक्रिया