नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’बीच बालुवाटारमा भेट भएको छ।
शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई कम्युनिस्ट नेताबीच भेट भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न गएका बेला दुई नेता विप्लव र पुनबीच भेट भएको पुनको सचिवालयले जनाएको छ।
पूर्वमन्त्रीसमेत रहेका माओवादी नेता पुन चीनमा उपचार गरी नेपाल फर्किएपछि विप्लवसँग पुनको भेट भएको पुनको सचिवालयले जनाएको छ।
हाल विप्लव नेकपा माओवादीसहित चार दल सम्मिलित समाजवादी मोर्चाका संयाेजक छन्।
477
Shares
प्रतिक्रिया