ad ad

राजनीति


संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

फाइल तस्बिर


नेपालखबर
फागुन ११, २०८० शुक्रबार १०:२३, काठमाडौँ

संघीय संसदका दुबै सदनको बैठक आज (शुक्रबार) बस्दैछ। 

प्रतिनिधिसभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बोलाइएको छ। यसैगरी राष्ट्रिय सभाको बैठक पनि आजै दिउँसाे १ बजेदेखि सुरु हुँदैछ।

आजको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ।

त्यसैगरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाले राष्ट्रियसभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयकसम्बन्धी समितिको प्रतिवेदन- २०८० पेस गर्ने कार्यसूची पनि छ।

त्यसैगरी आजको बैठकमा सांसद प्रेम सुवालले ‘राजनीतिक दल सम्बन्धि (दोस्रो संशोधन) विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ। 

त्यसैगरी आजको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले  ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची  रहेको प्रतिनिधिसभाका महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिए।

यो विधेयक बिहीबारकै बैठकमा प्रस्तुत गर्ने तयारी थियो। तर, बैठक सञ्चालनका लागि आवश्यक सदस्य संख्या नपुगेपछि बैठक स्थगित गरिएको थियो। 

त्यसैगरी अर्थमन्त्री प्रकाशशरण महतले भन्सार विधेयक- २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव र ‘सुरक्षित कारोबार (पहिलो संसोधन) विधेयक, २०८०’ पेस गर्ने कार्यसूची छ।

त्यसैगरी आजको राष्ट्रियसभाको बैठकमा सांसद दिलकुमारी रावल थापाले ‘मौलिक हक कार्यान्वयनको लागि बन्न बाँकी कानुन २0८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नुपर्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

त्यसैगरी अर्थमन्त्री डा. प्रकाशशरण महले ‘सुरक्षिक कारोबार (पहिलो संशोधन) विधेयक, २०८०) सभामा पेस गर्नेछन्। 

कानुनमन्त्री धनराज गुरुङले पनि ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित विधायन सम्बन्धी विधेयक- २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव र ‘विधायन सम्बन्धी विधेयक- २०८० पारिात गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .