ad ad

राजनीति


संसद्‌मा एमालेको माग- तीन मन्त्रीबारे प्रधानमन्त्रीले तुरुन्त जवाफ दिनुपर्‍यो

संसद्‌मा एमालेको माग- तीन मन्त्रीबारे प्रधानमन्त्रीले तुरुन्त जवाफ दिनुपर्‍यो

नेपालखबर
फागुन ११, २०८० शुक्रबार ११:५६, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान मन्त्रिपरिषद्‌मा रहेका तीनजना मन्त्रीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल जवाफ दिनुपर्ने बताएको छ। 

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराईले बालकुमारी घटनामा भौतिकमन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा बयान दिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत र रामग्राम क्षेत्रको जग्गामा जोडिएका पर्यटनमन्त्री सुदन किरातीबारे प्रधानमन्त्रीको जवाफ मागेका हुन्। 

‘प्रधानमन्त्रीले तुरुन्तै यी तीनवटा विषयमा संसद्‌मा आएर हामीलाई जानकारी दिनुपर्छ,’ उनले भने। 

बालकुमारी घटनामा प्रधानमन्त्रीले नै ‘हत्या’ भएको स्वीकार गरेको भन्दै उक्त शब्द प्रयोग हुनु सामान्य नभएको उनले बताए। 

‘बालकुमारी दुईजना युवाको हत्या भयो भनेर प्रधानमन्त्री स्वयंले त्यस्तो शब्द प्रयोग गर्नुभएको छ। यदी त्यो हत्या हो भने त्यो कसले गर्यो? सुरक्षाकर्मीबाटै त्यहाँ दुई युवाको हत्या भयो। त्यसकारण यसमा सिंगो सरकार जिम्मेवार छ,’ उनले भने।

सरकारी आयोगले बनाएको प्रतिवेदन पनि संसद्मा टेबुल गर्न उनले माग गरे।

त्यस्तै, बहालवाल मन्त्रीले नै झण्डा हल्लाउँदै अख्तियारमा बयान दिएको पहिलो घटना भएको भन्दै उनले मन्त्री बस्नेतको राजीनामा माग गरे।

‘टेरामेक्स काण्डमा तत्कालिन सञ्चारमन्त्रीको हैसियतले आजका स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतको बारेमा अख्तियारले बयान लिएको छ। अब त्यो मन्त्री पदमा बहाल गर्ने कुरा स्वीकार्य छैन,’ उनले भने।

त्यस्तै, लुम्बिनी विकास क्षेत्रमा अवस्थित गौतम बुद्धको अस्तु रहेको रामग्राम क्षेत्रमा भएको निर्णयमा पर्यटनमन्त्री सुदन किराती जिम्मेवार हुनुपर्ने उनले बताए। 

‘रामग्राम भगवना गौतम बुद्धको एकमात्र अस्तु भएको ठाउँ हो। जहाँ कुनै एउटा प्राइभेट कम्पनीलाई ९९ वर्षका लागि ठेक्कामा दिने पर्यटनमन्त्रीको अध्यक्षतामा बसेको बोर्ड बैठकले यो निर्णय गरेको छ। नैतिक जिम्मेवारी पर्यटनमन्त्रीको हुन्छ। त्यो स्थगित मात्रै गरेर हुँदैन त्यहाँ नियत पनि छ,’ उनले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .